Search answer for your unanswered questions.

Class : 11
Unit : मानव र वातावरण


दिगो विकासको अवधारणाको मुख्य उद्देश्य के हो ? यो किन ल्याइएको हो ? प्रष्ट पार्नुहोस्‌ ।


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : मानिसको क्रियाकलापले वातावरण सन्तुलनमा गडबडी भई विभिन्न प्रकारका वातावरणिय समस्याहरू देखिन थाले । यसकारण यी समस्याहरूको निराकरणका उपायहरू पनि सोचिन थालियो । मानिस नै प्राकृतिक वातावरणको संरक्षक पनि हो । विश्व एउटा प्रणालीमा चलेको छ । यो प्रणालीमा कतै अवरोध आयो भने यसमा प्रतिकूल असर पर्छ । यसकारण प्राकृतिक वातावरणमा प्रतिकूल असर पर्ने गतिबिधि नियन्त्रण गर्दै जानुपर्छ भनी आजको मानिसमा चेतनाको सञ्चार भएको छ । यसैले संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम अन्तर्गत दिगो विकासको अवधारणा ल्याइएको हो । दिगो विकासको अवधारणाअनुसार प्राकृतिक सन्तुलनमा आघात नपर्ने गरी विकास कार्यक्रम सञ्चालन गर्नुपर्छ । कतै बाटो निर्माण गर्नुपर्छ भने यसबाट वातावरणमा पर्ने नकारात्मक असरलाई कम गरी बाटो बनाउनु पर्छ । दिगो विकास कार्यक्रमले मानिस र प्राकृतिक वातावरणबिचको सम्बन्धमा सुधार ल्याउँछ । दिगो विकास अवधारणाको मुख्य उद्देश्य नै हामीले भावी सन्ततिलाई सुखपूर्वक बाँच्न स्वच्छ प्राकृतिक वातावरण हस्तान्तरण गर्नुपर्छ भन्ने हो । प्राक्रतिक सम्पदाको सन्तुलित उपयोगले प्राकृतिक वातावरणमा नकारात्मक प्रश्नाव कम गरी जैविक प्रणालीलाई सन्तुलित रूपमा चल्न सहयोग गर्छ । नेपाल लगायत विश्वका विभिन्न देशहरूले दिगो विकासका लक्ष्यहरू प्राप्तिका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गरेका छन्‌।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.)इतिहास लेखनका मूल प्रवृतिहरूका बारेमा छोटकरीमा उल्लेख गर्नुहोस् ।
2.)मध्यकालीन एसियाको उदय कसरी भएको थियो, बुँन्दागत रूपमा लेख्नुहोस्।
3.)औद्योगिक क्रान्तिले विश्वमा पारेको प्रभावहरूको बुंदागत रूपमा व्याख्या गर्नुहोस् ।
4.)उपनिवेशको सुरुआत र औद्योगिक क्रान्तिको सम्बन्ध उल्लेख गर्नुहोस् ।
5.)विश्वमा लोकतान्त्रिक आन्दोलन हुनुका कारणहरू उल्लेख गर्नुहोस् ।
6.)एक देशमा भएको परिवर्तनको प्रभाव अरू देशमा पनि पर्दछ भन्ने सन्दर्भलाई उदाहरणसहित प्रस्तुत गर्नुहोस् ।
7.) नेपालमा लोकतन्त्रले ल्याएको प्रभावको विश्लेषण गर्नुहोस् ।
8.)
9.)दलित जागरण सम्बन्धमा गीत, कविता वा कथा लेखी प्रस्तुत गर्नुहोस् ।
10.)दलितका समस्याहरू पहिचान गरी समाधानका उपायहरू पहिल्याउनुहोस् ।