Search answer for your unanswered questions.

Class : 11
Unit : सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा


जीवनोपयोगी शिक्षा भन्नाले कस्तो शिक्षा बुझिन्छ ? जीवनोपयोगी शिक्षाको महत्व के हो ? प्रष्ट पार्नुहोस् ।


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : जीवन शिक्षाको लागि होइन , शिक्षा जीवनको लागि हो । हाम्रो सम्पुर्ण जीवन शिक्षा प्राप्ति गर्नुको लागि मात्र होइन, शिक्षा प्राप्तिका साथै हामीले आफ्नो तथा परिवारको पालणपोषण गर्नु पर्छ । हामीले आफ्ना इस्टमित्र, नाताकुटुम्ब तथा समाजका अन्य मानिसहरूसँग सम्बन्ध राख्नुपर्छ । समाजिक, आर्थिक, राजनैतिक, सांस्कृतिक तथा अन्य गतिविधिहरूमा समेत सहभागी बन्नुपर्छ । समाजिक राष्ट्रिय तथा मानव समाजप्रतिको जिम्मेवारी पूरा गर्नुपर्छ । हामीलाई धुन्धकारी बन्ने शिक्षा होइन, समाजमा, परिवारमा, राष्ट्रमा तथा विश्वका परिवेशमा मिलेर सफल र स्वास्थ्य जीवन यापन गर्ने सिप दिने शिक्षा चाहिन्छ । यो शिक्षा हामी जीवनोपयोगी शिक्षाबाट पाउँछौ । जीवनोपयोगी शिक्षाले हामीलाई जीवनमा आवश्यक सिपहरुको बारेमा ज्ञान दिन्छ । सहकार्य, सहयोग, जिम्मेवारी बोध, सिर्जनात्मक सोच, समस्या समाधान गर्न उचित विकल्पको छनोट गर्ने तनाव तथा वेग व्यवस्थापन गर्ने, समानुभूति, अरूको पनि गुनासो सुन्ने, आवश्यकता परे नेतृत्व लिन सक्ने, आफ्नो तथा परिवारको राम्ररी पालणपोषण गर्न सक्ने, सूचना प्रविधिको ज्ञान, परिश्रमी, नैतिकता, स्वास्थ्यप्रति सजगता तथा इमान्दारी आदि जीवनोपयोगी सिपहरु हुन् । यी सिपहरूको ज्ञान भएमा व्यक्तिले समुदाय, राष्ट्र तथा विश्वको वातावरणसँग सामन्जस्य राखी स्वस्थ एवं सफल जीवन यापन गर्न सक्छ । यसैले आज हामीलाई जीवनोपयोगी शिक्षाको आवश्यकता परेको हो ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.)सर्च इन्जिन भनेको के हो, यसको महत्व उल्लेख गर्नुहोस् ।
2.)कुनै दुई सर्च इन्जिनहरूको नाम लेखी यिनका विशेषतासमेत लेख्नुहोस् ।
3.)साइबर नैतिकता भनेको के हो ?
4.)साइबर नैतिकताअनुसार गर्न नहुने कार्यहरु उल्लेख गर्नुहोस् ।
5.)साइबर अपराधबाट बच्न तपाइँ के के कुरामा सचेत हुनुहुन्छ , सचेतताका उपायहरु बुँदागत रुपमा उल्लेख गर्नुहोस् ।
6.)सामाजिक सञ्जालका फाइदाहरु उल्लेख गर्नुहोस् ।
7.)निर्णय निर्माण पहिचान दिनुहोस् ।
8.)निर्णय निर्माणका प्रकारहरु उदाहरणसहित वर्णन गर्नुहोस् ।
9.) निर्णय गर्दा ध्यान दिनुपर्ने कुराहरुको सूची तयार गर्नुहोस् ।
10.)‘निर्णय निर्माण जटिल र व्यावहारिक काम हो ।’ यस भनाइलाई आफ्ना तर्कले पुष्टि गर्नुहोस् ।