Search answer for your unanswered questions.

Class : 11
Unit : सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा


सामाजिक अध्ययन विषय कसरी विश्व परिवेशसँग सम्बन्धित छ ? प्रष्ट्याउनुहोस् ।


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : समाज गतिशील छ। प्राचीन समाज र आजको समाज फरक छ । आज यातायात तथा सञ्चारको विकासले विश्वका सबै देशहरु नजिकिएका छन् । विश्व नै एउटा समाज जस्तो भएको छ। कुनै एउटा देशमा भएको घटनाको प्रभाव अर्को देशमा पर्छ । एउटा देशको विकासले अर्को देशमा विकासको तरङ्ग ल्याउँछ । खानपान, भेषभुषा, खानेपानी र रोजगारी एउटा देशमा मात्र सीमित छैन । आज रोजगारीका लागि नेपालीहरु ब्रिटेन, क्यानडा, अमेरिका, अस्ट्रेलिया , न्युजिल्यान्ड, कोरिया, जापान, अरब मुलुक, भारत आदि विभिन्न देशमा पुगेका छन्‌ । त्यहाँको परिवेशमा रहेर काम गर्नुपरेको छ । विभिन्न मुलुकका पर्यटकहरु हाम्रो मुलुकमा घुम्न आउँछन् । हाम्रो समाजिक, आर्थिक तथा सांस्कृतिक गतिविधिहरु अवलोकन गर्छन् । विदेशी रोजगारीमा नगए हाम्रो देशमा बेरोजगारी बढ्छ । यसबाट देशमा नकारात्मक प्रभाव पर्छ । वैदेशिक रोजगारीबाट भएको विप्रेषणले हामीलाई ठूलो अर्थिक टेवा दिएको छ । हाम्रो देशका युवाहरुले रोजगारीका लागि वैदेशिक भाषाको अध्ययन गर्नु परेको छ । चिनबाट निक्लेको कोभिड १९ ले विश्वलाई आक्रान्त पारिरहेको छ । विश्वका ठूलाठूला औषधि निर्माताहरु यसलाई नियन्त्रण गर्ने औषधि निर्माण गर्न लागेका छन् । निकट भविष्यमा नै यो रोगलाई रोकथाम गर्न सकिएला । अन्य देशहरुबाट हामी अन्न, मेसिनरी, प्रविधि आदि आयात गर्छौं र हामी पनि हाम्रो उत्पादन विदेशमा निर्यात गर्छौं । गौतम बुद्धको ज्ञान नेपालमा मात्र सिमित छैन । विश्वका कतिपय मुलुकमा यो धर्म चलेको छ । क्रिश्चियन धर्म पश्चिम देशमा मात्र सीमित नभई विश्वमा नै फैलिएको छ । नेपाली सङ्गीत विश्वका अन्य मुलुकमा पनि सुनिन्छन् । यसैले कुनै पनि घटनाको प्रभाव सो देशमा मात्र सीमित नरही अन्य देशहरूमा पनि पर्न जान्छ । यसबाट हाम्रो समाजिक , आर्थिक तथा अन्य क्षेत्रमा प्रभाव पर्छ । यी सबै कुराहरूको अध्ययन समाजिक अध्ययनमा समेटिएका छन् । यसकारण सामाजिक अध्ययन विश्व परिवेशसँग सम्बन्धित छ ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.)सुरक्षित अनलाईन भुक्तानीका लागि के के कुराहरुमा ध्यान दिनुपर्छ ? उल्लेख गर्नुहोस l
2.)सर्च इन्जिन भनेको के हो, यसको महत्व उल्लेख गर्नुहोस् ।
3.)कुनै दुई सर्च इन्जिनहरूको नाम लेखी यिनका विशेषतासमेत लेख्नुहोस् ।
4.)साइबर नैतिकता भनेको के हो ?
5.)साइबर नैतिकताअनुसार गर्न नहुने कार्यहरु उल्लेख गर्नुहोस् ।
6.)साइबर अपराधबाट बच्न तपाइँ के के कुरामा सचेत हुनुहुन्छ , सचेतताका उपायहरु बुँदागत रुपमा उल्लेख गर्नुहोस् ।
7.)सामाजिक सञ्जालका फाइदाहरु उल्लेख गर्नुहोस् ।
8.)निर्णय निर्माण पहिचान दिनुहोस् ।
9.)निर्णय निर्माणका प्रकारहरु उदाहरणसहित वर्णन गर्नुहोस् ।
10.) निर्णय गर्दा ध्यान दिनुपर्ने कुराहरुको सूची तयार गर्नुहोस् ।