Search answer for your unanswered questions.

Class : 11
Unit : सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा


सामाजिक अध्ययन विषयका सिकाई क्रियाकलाप तथा परियोजना कार्य गर्दा कसरी जीवनोपयोगी सिप सिक्न सकिन्छ ? प्रष्ट पार्नुहोस् ।


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : सामाजिक अध्ययन विषयका सिकाई क्रियाकलाप तथा परियोजना कार्य गर्दा कक्षामा साथीहरुसँग छलफल गर्नुपर्छ । दिइएका विषयवस्तु माथि आफ्नो विचार साथीहरुमाझ राख्नुपर्छ अरू साथीहरूको बिचार सुन्नुपर्छ । परियोजना कार्य गर्दा कक्षामा साथीहरूको समूह बनाई अन्तरक्रिया गर्नुपर्छ । कहिलेकाहीँ समूहको नेतृत्व लिनुपर्छ । साथीहरुसँग मिलेर काम गर्नुपर्छ । अरूको चित्त नबुझ्ने कुरा सुनेर रिसाउनु हुँदैन् । आफ्नो संवेगलाई नियन्त्रण गर्नुपर्छ । कुनै बखत परियोजना कार्य गर्दा समुदायमा गएर छलफल गर्ने र उनीहरूको राय पनि लिनुपर्छ । प्राचीन इतिहासका बारेमा अनुभवी इतिहासविद्हरूसँग जानकारी लिनुपर्छ । समुदायमा तथा अन्य क्षेत्रमा घटनाहरुप्रति जानकारी राख्नु पर्छ । समाजिक तथा आर्थिक गतिविधिहरुको बारेमा कक्षाका साथीहरु तथा शिक्षकहरुबाट जानकारी प्राप्त हुन्छ। रोगव्याधिबाट कसरी जोगिने तथा आफ्ना भाइबहिनीहरूलाई कसरी जोगाउने बारेमा विभिन्न संघसंस्थाबाट विद्यालयमा आएका प्रतिनिधिहरूले दिएको प्रवचनबाट थाहा पाइन्छ । विभिन्न स्थानमा शैक्षिक भ्रमणमा जाँदा अनुशासनमा रहने, मिलेर रहने, सद्भाव, सहानुभूति आदि गुण विकास गर्ने मौका पाइन्छ । यसरी सञ्चार, सहकार्य, समानुभूति, संवेग व्यवस्थापन, समस्या समाधान गर्न उचित विकल्प छनोट गर्न सक्ने सिर्जनात्मक सोच, सहयोग आदि जिवनोपयोगी सिप समाजिक अध्ययनको सिकाइ क्रियाकलाप तथा परियोजना कार्य गर्दा सिकिन्छ ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.)कुनै दुई सर्च इन्जिनहरूको नाम लेखी यिनका विशेषतासमेत लेख्नुहोस् ।
2.)साइबर नैतिकता भनेको के हो ?
3.)साइबर नैतिकताअनुसार गर्न नहुने कार्यहरु उल्लेख गर्नुहोस् ।
4.)साइबर अपराधबाट बच्न तपाइँ के के कुरामा सचेत हुनुहुन्छ , सचेतताका उपायहरु बुँदागत रुपमा उल्लेख गर्नुहोस् ।
5.)सामाजिक सञ्जालका फाइदाहरु उल्लेख गर्नुहोस् ।
6.)निर्णय निर्माण पहिचान दिनुहोस् ।
7.)निर्णय निर्माणका प्रकारहरु उदाहरणसहित वर्णन गर्नुहोस् ।
8.) निर्णय गर्दा ध्यान दिनुपर्ने कुराहरुको सूची तयार गर्नुहोस् ।
9.)‘निर्णय निर्माण जटिल र व्यावहारिक काम हो ।’ यस भनाइलाई आफ्ना तर्कले पुष्टि गर्नुहोस् ।
10.)समस्या भनेको के हो ?