Search answer for your unanswered questions.

Class : 11
Unit : सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा


सामाजिक अध्ययन विषयको आवयकता किन परेको हो ? खुलस्त पार्नुहोस्।


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : शिक्षा प्राप्ति गरी मानिस ज्ञानी बन्छ । उसमा भएको ज्ञान अझ परिष्कृत हुन्छ । शिक्षा पाउने बित्तिकै व्यक्ति समाजको लागि उपयोगी हुन्छ भन्न सकिँदैन । रावण शिक्षित थिए तर दुराचारी थिए । कंश शक्तिशाली थिए तर अहंकारी थिए । व्यक्तिले परिवार, समुदाय, राष्ट्र र विश्वको वातावरणमा मिलेर आचरण गर्नुपर्छ। आफ्नो कामले अरुलाई अन्याय पर्न हुँदैन । यसप्रति पनि मानिस सजग हुनुपर्छ । लगामको सहायताले मानिसले घोडालाई आफूखुशी डोर्याउन सक्छ । यसैले मानिसलाई परिवार तथा समुदायप्रति जिम्मेवारी बोध गराई समाजमा मिल्न सक्ने गुणको विकास गरी सही बाटोमा डोर्याउन सामाजिक अध्ययन विषयको आवश्यकता परेको हो । सामाजिक अध्ययनले मानिसमा सिर्जनशील सोच, नैतिकता, परिश्रमीपना‌, उत्तरदायित्व बोध, सहकार्य, उचित विकल्प छनोट गरी समस्या समाधान गर्ने गुण, विश्व वातावरणको जानकारी, आफ्नो संस्कृति तथा इतिहासको जानकारी, नवीनतम सूचना प्रविधीको ज्ञान आदि विभिन्न गुणहरूको विकास भएमा मात्र मानिस समाजिक र विवेकशील प्राणीमा रुपान्तर हुन्छ । त्यसता मानिसहरु अरूको सम्मान गर्ने, मिलेर बस्न सक्ने, समुदाय र देशलाई नेतृत्व प्रदान गरी सबै जनतालाई उचित दिशा निर्देश गर्न सक्ने , विश्व वातावरण अनुसार आचरण गर्ने हुन्छन् । यसैले आजको सन्दर्भमा सामाजिक अध्ययन विषयको महत्व छ ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.)अनलाईन भुक्तानीका बेफाइदाहरु लेख्नुहोस् l
2.)सुरक्षित अनलाईन भुक्तानीका लागि के के कुराहरुमा ध्यान दिनुपर्छ ? उल्लेख गर्नुहोस l
3.)सर्च इन्जिन भनेको के हो, यसको महत्व उल्लेख गर्नुहोस् ।
4.)कुनै दुई सर्च इन्जिनहरूको नाम लेखी यिनका विशेषतासमेत लेख्नुहोस् ।
5.)साइबर नैतिकता भनेको के हो ?
6.)साइबर नैतिकताअनुसार गर्न नहुने कार्यहरु उल्लेख गर्नुहोस् ।
7.)साइबर अपराधबाट बच्न तपाइँ के के कुरामा सचेत हुनुहुन्छ , सचेतताका उपायहरु बुँदागत रुपमा उल्लेख गर्नुहोस् ।
8.)सामाजिक सञ्जालका फाइदाहरु उल्लेख गर्नुहोस् ।
9.)निर्णय निर्माण पहिचान दिनुहोस् ।
10.)निर्णय निर्माणका प्रकारहरु उदाहरणसहित वर्णन गर्नुहोस् ।