Search answer for your unanswered questions.

Class : 11
Unit : सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा


सामाजिक अध्ययन विषय भन्नाले कस्तो विषय बुझिन्छ ? प्रष्ट पार्नुहोस्।


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : सामाजिक अध्ययन विषयको अध्ययन गत केही वर्षदेखि सुरु गरिएको हो । पहिले भूगोल, इतिहास, नागरिकशास्त्र आदि विषयहरू छुट्टाछुट्टै अध्ययन गर्नुपर्थ्यो । यसबाट विधार्थीहरूलाई आफ्नै देशको इतिहास, भूगोल , सामाजिक गतिविधि एवं आर्थिक गतिविधिहरू आदिको बारेमा जानकारी हुँदैन्थ्यो । यसैले आफ्नो देशको भौतिक, आर्थिक, राजनैतिक, सांस्कृतिक, ऐतिहासिक आदि पक्षका साथै विश्व परिवेशको जानकारी गराई आधुनिक युगको विकासबारे अवगत गराई कुशल नेतृत्व लिन सक्ने सिर्जनशील ईमान्दार, परिश्रमी, मितव्ययी एवम् जागरूक दक्ष जनशक्ति खाचो देखा पर्यो। यसैले भौतिक, सामाजिक, आर्थिक, राजनैतिक, एतिहासिक, सांस्कृतिक आदि विभिन्न क्षेत्रलाई एकीकृत गरी यो विषय बनाइएको हो। मानिसको गतिविधिले समुदाय, राष्ट्र र विश्व वातावरणमा प्रभाव पार्छ, तथा समुदाय, राष्ट्र एवं विश्व वातावरणले मनुष्य जीवनलाई प्रभाव पार्छ। मनुष्य विनाको विश्व कल्पना गर्न सकिँदैन। मानिसमा सामाजिक गुणको विकास जरुरी छ शान्तिपूर्वक आफुपनि बाँच्ने र अरुलाई पनि बाँच्न दिने भावनाको आज आवश्यकता छ । आफ्नो देश, संस्कृति र इतिहासमाथि गर्व गर्ने र विश्व परिवेशका विभिन्न आयामहरुको जानकारी गराई समुदाय, राष्ट्र र विश्व वातावरणसँग मिलेर आचरण गर्न सक्ने ज्ञान दिने विषय सामाजिक अध्ययन हो।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.)‘डिजिटल एप्लिकेसनको प्रयोगले समय र श्रमको बचत हुन्छ’, यस भनाइलाई पुष्टि गर्नुहोस् ।
2.)अनलाईन भुक्तानीका बेफाइदाहरु लेख्नुहोस् l
3.)सुरक्षित अनलाईन भुक्तानीका लागि के के कुराहरुमा ध्यान दिनुपर्छ ? उल्लेख गर्नुहोस l
4.)सर्च इन्जिन भनेको के हो, यसको महत्व उल्लेख गर्नुहोस् ।
5.)कुनै दुई सर्च इन्जिनहरूको नाम लेखी यिनका विशेषतासमेत लेख्नुहोस् ।
6.)साइबर नैतिकता भनेको के हो ?
7.)साइबर नैतिकताअनुसार गर्न नहुने कार्यहरु उल्लेख गर्नुहोस् ।
8.)साइबर अपराधबाट बच्न तपाइँ के के कुरामा सचेत हुनुहुन्छ , सचेतताका उपायहरु बुँदागत रुपमा उल्लेख गर्नुहोस् ।
9.)सामाजिक सञ्जालका फाइदाहरु उल्लेख गर्नुहोस् ।
10.)निर्णय निर्माण पहिचान दिनुहोस् ।