Search answer for your unanswered questions.

Class : 11
Unit : सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा


सामाजिक अध्ययन र जीवनोपयोगी शिक्षाको महत्व दर्शाउनुहोस्।


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : सामाजिक अध्ययनले नागरिकको सक्षमता विकास गरी समुदाय, राष्ट्र एवं विश्व परिवेशमा मिलेर आचरण गर्न सक्ने ज्ञान दिन्छ। यसैले आजको समाजिक अध्ययनले भौतिक, सांस्कृतिक, ऐतिहासिक, राजनैतिक, विभिन्न सङ्घ संस्थाको जानकारी, स्वास्थ्य सेवा आदि विभिन्न पक्ष समेटेको छ। समुदाय तथा वातावरणले मनुष्यको जीवनमाथि पार्ने प्रभाव तथा मानिसको गतिविधिले समुदाय तथा वातावरणमा पार्ने प्रभावको अध्ययन पनि यो विषयमा समेटिएको छ। मनुष्य जीवनसँग सम्बन्धित विभिन्न पक्षको अध्ययनले मानिसलाई चेतनशील एवं जागरूक बनाउँछ। समुदाय तथा राष्ट्रको चौतर्फी विकासका लागि चरित्रवान, इमान्दार, सिर्जनात्मक सोच, भएका दक्ष जनशक्तिको खाचो पर्छ। समाजिक अध्ययन विषयले मानिसमा नैतिकता, सच्चरित्रता, इमान्दारी, सिर्जनात्मक सोच, परिश्रम गर्ने बानी, राष्ट्रभक्ति, आफ्नो परम्परा, संस्कृति तथा राष्ट्रिय सम्पदाको संरक्षण गर्ने तथा विश्व वातावरणसँग सामांजस्य स्थापित गरी आचरण गर्न सक्ने क्षमता भएको कुशल नागरिक उत्पादन गर्नमा सहयोग गर्छ। मनुष्य जीवनको उद्देश्य ज्ञान मात्र प्राप्त्त गर्नु होइन, यसका साथै आफ्नो तथा परिवारको पालणपोषण गरी शान्तिपूर्वक सबैसँग मिलेर सामाजमा बस्न सक्नु पनि हो। पालणपोषणका लागि मानिसले आवश्यक परे अन्य क्षेत्र वा अन्य देशमा पनि जानुपर्छ। यसैले आजको मानिसलाई जीवनोपयोगी शिक्षाको पनि आवश्यकता छ। अंहवादी प्रवृत्तिका मानिसले कतै सहयोग पाउँदैन। म एक्लै बाँच्न सक्छु , जीविकोपार्जन गर्नसक्छु तथा उन्नति गर्न सक्छु भन्नु मूर्खता हो। आज मानिसलाई हरेक क्षेत्रमा तथा हरेक पाइलामा अरुसँग मिलेर काम गर्नुपर्छ। सञ्चार, सहकार्य, आत्मबोध, समानुभूति, नेतृत्वक्षमता, आइपरेका समस्याको समाधान निकाल्न सक्ने क्षमता, अन्य व्यक्तिहरुसँग असल सम्बन्ध स्थापना, तथा वसुधैव कुटुम्बकम्को भावना जीवनोपयोगी सिप हुन्। आजको युगमा सञ्चार प्रविधिको विकास भएको छ। यसको सिप पनि मानिसलाई आवश्यक छ। काम गर्दै जाँदा जीवनमा आइपरेका समस्याबाट सिर्जित तनावको व्यवस्थापन गर्ने सिप चाहिन्छ। पढ्यो, लेख्यो के काम, हलो जोत्यो, खायो काम भन्ने बेला गइसक्यो। सफल र स्वास्थ्य जीवन बिताउनका लागि आज मानिसलाई सामाजिक अध्ययनको ज्ञानका साथै जीवनोपयोगी शिक्षाको पनि आवश्यकता पर्छ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.)अनलाइन भुक्तानीका चुनौतीहरुको सूची तैयार पार्नुहोस् ।
2.)‘डिजिटल एप्लिकेसनको प्रयोगले समय र श्रमको बचत हुन्छ’, यस भनाइलाई पुष्टि गर्नुहोस् ।
3.)अनलाईन भुक्तानीका बेफाइदाहरु लेख्नुहोस् l
4.)सुरक्षित अनलाईन भुक्तानीका लागि के के कुराहरुमा ध्यान दिनुपर्छ ? उल्लेख गर्नुहोस l
5.)सर्च इन्जिन भनेको के हो, यसको महत्व उल्लेख गर्नुहोस् ।
6.)कुनै दुई सर्च इन्जिनहरूको नाम लेखी यिनका विशेषतासमेत लेख्नुहोस् ।
7.)साइबर नैतिकता भनेको के हो ?
8.)साइबर नैतिकताअनुसार गर्न नहुने कार्यहरु उल्लेख गर्नुहोस् ।
9.)साइबर अपराधबाट बच्न तपाइँ के के कुरामा सचेत हुनुहुन्छ , सचेतताका उपायहरु बुँदागत रुपमा उल्लेख गर्नुहोस् ।
10.)सामाजिक सञ्जालका फाइदाहरु उल्लेख गर्नुहोस् ।