Search answer for your unanswered questions.

Class : 11
Unit : लोकतन्त्र


नेपालमा लोकतन्त्रले ल्याएको प्रभावको विश्लेषण गर्नुहोस् ।


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : नेपालमा लोकतन्त्रको स्थापना भएपछि केही परिवर्तनहरू देखा परेका छन् । तीमध्ये केही सकारात्मक प्रभावहरू यसप्रकार छन्ः i) जनताले मौलिक हक पाएका छन् । ii) जनताले चित्त नबुझेका कुराहरूमा आफ्नो आवाज पनि उठाउन पाएका छन् । iii) विकासका लागि नयाँ सोच र अवधारणाले महत्त्व पाएको छ । iv) विकासमा जनताको सहभागिता र समान सहभागिता सुनिश्चित गर्नुपर्ने मान्यताले स्थान पाएको छ । v) सामाजिक समावेशिता र विकासमा समताको अवधारणाले प्रवेश पाएको छ । vi) नागरिकले विकासमा आफ्ना आवश्यकतालाई उजागर गर्ने र प्राथमिकीकरण गर्ने (Voice and choice) अधिकार पाएका छन्। vii) राज्यको आर्थिक गतिविधिमा राज्यको एकाधिकार नरही निजी तथा सहकारीले पनि उचित स्थान पाएका छन्। viii) विकासमा सुशासन र जनउत्तरदायित्वको बहसले पनि ठाउँ पाएको छ ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.)नेपालमा निर्वाचनमा मतपत्र बदर भएको कुरा सुनिन्छ, यस्तो किन भयो होला ? कारण खोज्नुहोस् । यसलाई नियन्त्रण गर्न के गर्नुपर्ला ? सुझाव दिनुहोस् ।
2.)राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन कसरी हुन्छ ?
3.)राष्ट्रिय सुरक्षाको परिचय दिनुहोस् ।
4.)राष्ट्रियता प्रवर्धन गर्ने उपायहरूको सूची तयार पार्नुहोस् ।
5.)राष्ट्रिय सुरक्षाका चुनौतीहरू के के हुन् ?
6.)नेपालको संविधानअनुसार नेपाल राष्ट्रको परिभाषा दिनुहोस् ।
7.) नेपालको संविधानमा राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्व अन्तर्गत राष्ट्रिय एकता र राष्ट्रिय सुरक्षा सम्बन्धी नीतिहरू उल्लेख गर्नुहोस् ।
8.)अभ्यास ‘बस्ती भनेको के हो, बस्तीको बगीकरणका आधारहरू लेख्नुहोस् ।
9.)तपाईं बसेको ठाउँको बस्तीको विकासक्रमका बारेमा छोटो अनुच्छेद लेखी कक्षामा प्रस्तुत गर्नुहोस् ।
10.) ग्रामीण र सहरी बस्तीका बिचमा फरक छुट्याउनुहोस् ।