Search answer for your unanswered questions.

Class : 11
Unit : सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा


सामाजिक अध्ययन क्षेत्र व्यापक छ भन्ने कुरा पाठमा दिइएको चार्ट अध्ययन गरी प्रष्ट पार्नुहोस्।


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : (चार्ट क्रियाकलाप नं. १ मा ) सामाजिक अध्ययनको क्षेत्र व्यापक छ। मानिस परिवारमा जन्मन्छ, हुर्कन्छ तर ऊ परिवारमा मात्र सीमित रहँदैन । उमेर बढ्दै जाँदा उसले समुदायमा मिल्नुपर्छ। ठूलो भएर देशप्रतिको जिम्मेवारी वहन गर्नुपर्छ । आवश्यकता परेमा विश्वको अर्कै ठाउँमा गई काम गर्नुपर्ने हुन्छ । समाजमा विभिन्न गतिविधिहरु सञ्चालित हुन्छन् । उसले त्यो ठाउँमा सहभागी हुनुपर्छ । उसको क्रियाकलापले समुदाय तथा राष्ट्रमा प्रभाव पार्छ । राष्ट्रिय एवंम विश्वका गतिविधिहरूको प्रभाव पनि उमाथि पर्छ । सामाजिक अध्ययनले मानिसलाई परिस्थिति र वातावरणसँग मिलेर आचरण गर्ने ज्ञान दिन्छ। समाजिक अध्ययनले मानिसले राजनैतिक, सामाजिक, संस्कृतिक, आर्थिक, ऐतिहासिक तथा समाजिक अवस्था तथा मानिससँग सम्बन्धित विभिन्न राष्ट्रिय एवं अन्तर्राष्ट्रिय सङ्घसंस्थाहरूको बारेमा जनकारी दिन्छ । समाजिक अध्ययनको उद्देश्य व्यक्तिलाइ नैतिकवान, सिर्जनशील, सकरात्मक सोच भएको प्रजातान्त्रिक मूल्य र मान्यतालाई मान्ने, आफ्नो संस्कृति र परम्परालाई संरक्षण गर्ने तथा सफल जीवन यापन गर्न सक्ने उत्तरदायी जनशक्तिको निर्माण गर्नु हो । यसका लागि व्यक्तिमा विभिन्न थरिको गुणको विकास गर्नुपर्ने हुन्छ । सामाजिक अध्ययन विषयले समुदाय तथा समाजको अध्ययन गर्छ । व्यक्तिमा प्रजातान्त्रिक आचरण गर्ने क्षमता विकास गर्छ । व्यक्तिलाई समाज, राष्ट्र तथा विश्वको परिवेशमा मिलेर आचरण गर्ने ज्ञान दिन्छ । आफ्नो देशको इतिहास, परम्परा तथा संस्कृतिको जानकारी गराउँछ । नकारात्मक सोचको सट्टा सबै मिलेर बस्ने सकरात्मक सोच ज्ञान दिन्छ । देशप्रति गौरव गर्ने देशभक्ति र राष्ट्रियताको भावनाको विकास गर्ने अभिप्रेरणा दिन्छ । जीवनमा समस्या आइपरेमा तनाव सिर्जना हुन्छ ।‌ तनावले मानसिक तथा शारीरिक स्वास्थ्यमा आघात पुर्याउँछ । यसैले समाजिक अध्ययनले समस्या समाधान गर्ने विभिन्न विकल्प ज्ञान खोजी गर्ने दिन्छ । सहकार्य, सञ्चार, सहानुभूति, आत्मबोध,‌ नेतृत्व क्षमताको विकास आदि विभिन्न जीवनोपयोगी शिक्षाको अध्ययन पनि समाजिक अध्ययनकै एउटा क्षेत्र हो । यसैले समाजिक अध्ययनको विषय अन्तर्गत मानव विकासक्रम देखि परिवार, समाज, राष्ट्र तथा विश्वको राजनैतिक, आर्थिक, सामाजिक, संस्कृतिक, एतिहासिक अवस्थाको ज्ञान तथा जीवनोपयोगी शिक्षा आदिहरु पर्छन्।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.)अनलाइन भुक्तानीका फाइदाहरु उल्लेख गर्नुहोस् ।
2.)अनलाइन भुक्तानीका चुनौतीहरुको सूची तैयार पार्नुहोस् ।
3.)‘डिजिटल एप्लिकेसनको प्रयोगले समय र श्रमको बचत हुन्छ’, यस भनाइलाई पुष्टि गर्नुहोस् ।
4.)अनलाईन भुक्तानीका बेफाइदाहरु लेख्नुहोस् l
5.)सुरक्षित अनलाईन भुक्तानीका लागि के के कुराहरुमा ध्यान दिनुपर्छ ? उल्लेख गर्नुहोस l
6.)सर्च इन्जिन भनेको के हो, यसको महत्व उल्लेख गर्नुहोस् ।
7.)कुनै दुई सर्च इन्जिनहरूको नाम लेखी यिनका विशेषतासमेत लेख्नुहोस् ।
8.)साइबर नैतिकता भनेको के हो ?
9.)साइबर नैतिकताअनुसार गर्न नहुने कार्यहरु उल्लेख गर्नुहोस् ।
10.)साइबर अपराधबाट बच्न तपाइँ के के कुरामा सचेत हुनुहुन्छ , सचेतताका उपायहरु बुँदागत रुपमा उल्लेख गर्नुहोस् ।