Search answer for your unanswered questions.

Class : 11
Unit : वर्तमान संविधानको राजनितिक, कानुनी, आर्थिक र सांस्कृतिक विशेषता


‘नेपालको बहुसांस्कृतिक पहिचानलाई संविधानले पनि सम्बोधन गरेको छ।’ यस भनाइलाई उदाहरणसहित पुष्टि गर्नुहोस् ।


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : संविधानले नेपालको बहुसांस्कृतिक पहिचानलाई पनि सम्बोधन गरेको छ । नेपालको संविधानको प्रस्तावनामा नै नेपाललाई बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक देशको रूपमा स्थापित गरेको छ । संविधानले देशलाई धर्म निरपेक्ष राज्यको रूपमा कायम गरेको छ । यसबाट सबै धार्मिक समुदायले आ- आफ्नो धर्म अनुसारको धार्मिक गतिविधि गर्न छुट पाएको छ । कुनै पनि धर्मलाई राजकीय धर्म मानिएको छैन् । राज्य व्यवस्थामा कुनै पनि धर्मको प्रभावलाई प्रतिबन्धित गरेको छ । राज्यबाट सबै धर्मलाई समान सम्मान दिएको छ । करकाप वा प्रलोभन दिई धर्म परिवर्तन गर्ने कामलाई कानुनी अपराध मानिन्छ । सबै जातजातिका मानिसहरूलाई आफ्नो धर्म, भाषा, संस्कृति तथा लिपिको संरक्षण तथा सम्बर्द्धन गर्ने अधिकार संविधानले दिएको छ । संविधानले सबै जातजातिका मानिसलाई आफ्नै भाषामा शिक्षा लिनेदिने अधिकार पनि दिएको छ । राज्यको निर्देशक सिद्धान्त, नीति तथा दायित्व अन्तर्गत संविधानले समाजमा विद्यमान धर्म, प्रथा, परम्परा, रीति, तथा संस्कारका नाममा हुने सबै प्रकारका विभेद असमानता, शोषण र अन्यायको अन्त्य गर्ने प्रावधान राखेको छ । यसरी संविधानले नेपाललाई बहुसांस्कृतिक देशको रूपमा स्थापित गरेको छ ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.)हाम्लेट र गाउँका बिचको फरक छुट्याउनुहोस् ।
2.) “बस्तीको प्रकृति र सामाजिक सेवाबिच गहिरो सम्बन्ध हुन्छ ।” यस भनाइलाई उदाहरणसहित पुष्टि गर्नुहोस्।
3.) बस्ती विकास भनेको के हो, मानव जीवनमा यसको महत्त्व उल्लेख गर्नुहोस् ।
4.) “मानव बस्तीको पयावरणीय क्षेत्रसँग गहिरो सम्बन्ध रहेको छ।” यस भनाइलाई उदाहरणसहित प्रस्ट पार्नुहोस् ।
5.)शितोष्ण प्रदेशमा पूर्वतिर फर्केका घरहरू किन बनाइन्छन् ?
6.) नेपालमा प्रायः दक्षिण मोहडा भएको घर किन बनाइन्छन् ?
7.)इग्लू (Igloo) भनेको के हो ? यसको निर्माण कहाँ र किन गरिन्छ ?
8.)नसङ्ख्या भनेको के हो?
9.) जनसङ्ख्या र विकासबिचको सम्बन्ध उदाहरणसहित व्याख्या गर्नुहोस् ।
10.)भौगोलिक क्षेत्रअनुसार जनसङ्ख्याको वितरण छोटकरीमा वर्णन गर्नुहोस् ।