Search answer for your unanswered questions.

Class : 11
Unit : नेपालमा निर्वाचन प्रणाली


प्रवासमा बसेका नेपालीले पनि मतदानमा भाग लिन पाउनुपर्दछ भन्ने माग बढ्दै गएको छ। यसका लागि के के गर्नुपर्ला, आफ्ना विचारहरू लेख्नुहोस् ।


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : नेपालबाट कतिपय नेपालीहरू कामको खोजीमा विदेश गएका छन् । विदेशमा नै आफ्नो व्यवसाय गरी जीवन धानेका छन् । विदेशमा नै आफ्नो व्यवसाय गरी जीवन धानेका छन् । कतिपय नेपालीहरूले राम्रै आर्जन पनि गर्दै आएका छन् । प्रवासमा रहेका यस्ता नेपालीहरूले नेपालको उन्नतिमा पनि लगानी गरिरहेका छन् । यसकारण नेपालको आर्थिक उन्नतिमा सहभागी गराउन निर्वाचनमा आफ्नो मताधिकार प्रयोग गर्न दिनुपर्छ भन्ने माग बढिरहेको छ । नेपालको समृद्धिमा सहयोग पुर्याउने यस्ता प्रवासीलाई पनि असल उम्मेदवार छान्न मत दिने अधिकार दिनु नराम्रो होइन । विदेशको अनुभवबाट यिनीहरूले नेपाली जनतालाई उम्मेदवार छान्दा सोच्नुपर्ने कुराहरू बारेमा सिकाउन सक्छन् । यसका लागि नेपाल सरकारले चाल्नुपर्ने कदमका बारेमा केही सुझावहरू- i) प्रवासी नेपालीहरूलाई प्रतिनिधिसभा वा प्रदेश सभा वा स्थानीय तहको निर्वाचनमा सहभागी गराउन सकिन्छ । तर सो सहभागिता निजले गरेको उद्यम भएको स्थानमा मात्र दिइनुपर्छ । ii) प्रवासी नेपालीलाई राजनैतिक अधिकारको रूपमा निर्वाचनमा उम्मेदवारी दिन निषेध गरिनुपर्छ । iii) प्रवासी नेपालीलाई राजनैतिक गतिविधिमा सहभागी हुन अधिकार दिइनु हुँदैन । iv) सामाजिक र आर्थिक गतिविधिमा सहभागी गराउन निर्वाचनमा देशको आर्थिक तथा सामाजिक निकासमा सहयोग गर्न सक्ने उम्मेदवार छान्नका लागि मताधिकार प्रयोग गर्न दिनुपर्छ । v) प्रवासी नेपालीलाई सशर्त मताधिकार प्रयोग गर्न दिनुपर्छ ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.