Search answer for your unanswered questions.

Class : 11
Unit : नेपालमा निर्वाचन प्रणाली


पहिलो हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीबिचको समानता एवम् भिन्नता छुट्याउनुहोस्।


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : समानता: i) दुवै प्रणालीबाट प्रतिनिधि छान्ने काम हुन्छ । ii) दुवै प्रणालीमा मतदाताहरूले आफ्नो मत दिन्छन् । iii) दुवै प्रणालीमा निर्वाचन पद्धतिका अङ्ग हुन् । iv) दुवै प्रणालीमा राजनैतिक दलहरू सहभागी हुन्छन् । v) दुवै प्रणालीले मतदाताहरूमा राजनैतिक सचेतना वृद्धि गर्छ । भिन्नताः i) पहिलो हुने निर्वाचन पद्धतिमा बढी मत ल्याउने उम्मेदवार विजयी हुन्छ । तर समानुपातिकमा प्रत्येक दलले प्राप्त गरेको मतसङ्ख्याको अनुपातमा प्रतिनिधिहरू छानिन्छन् । ii) पहिलो हुने निर्वाचन पद्धतिमा राजनैतिक दलका उम्मेदवारलाई ध्यानमा राखी मतदाताहरूले मत खसाल्छन् । तर समानुपातिकमा राजनैतिक दललाई मत दिइन्छ । प्रतिनिधिको छनोट राजनैतिक दलहरूले गरेका हुन्छन्। iii) पहिलो हुने निर्वाचन पद्धतिमा निर्दलीय उम्मेदवारहरू पनि सामेल हुन सक्छन् । तर समानुपातिक प्रणालीमा निर्दलीयको स्थान हुँदैन । iv) पहिलो हुने निर्वाचन पद्धतिमा प्रतिनिधि समय अगावै प्रतिनिधिहरू राजीनामा दिएमा वा अन्य कारणले स्थान रिक्त भएमा सो ठाउँमा निर्वाचन आयोगले उपचुनाव गराउँछ । समानुपातिकमा रिक्तस्थानका लागि उपचुनाव हुँदैन। v) पहिलो हुने निर्वाचन पद्धति सरल पद्धति हो । यसमा मतदाताहरूले कुनै कठिनाइ अनुभव गर्दैनन् । आफूले रोजेको उम्मेदवारलाई मत दिन्छन् । समानुपातिक पद्धति जटिल प्रकृया हो । यसमा आफूले मत दिएको राजनैतिक दलबाट को प्रतिनिधिसभा जान्छ भन्ने जानकारी हुँदैन। vi) पहिलो हुने निर्वाचन पद्धतिमा प्रतिनिधि र जनताबिच सिधा सम्पर्क हुन्छ । तर समानुपातिक प्रणालीमा जनता र प्रतिनिधिबिच सिधा सम्पर्क हुँदैन ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.)शितोष्ण प्रदेशमा पूर्वतिर फर्केका घरहरू किन बनाइन्छन् ?
2.) नेपालमा प्रायः दक्षिण मोहडा भएको घर किन बनाइन्छन् ?
3.)इग्लू (Igloo) भनेको के हो ? यसको निर्माण कहाँ र किन गरिन्छ ?
4.)नसङ्ख्या भनेको के हो?
5.) जनसङ्ख्या र विकासबिचको सम्बन्ध उदाहरणसहित व्याख्या गर्नुहोस् ।
6.)भौगोलिक क्षेत्रअनुसार जनसङ्ख्याको वितरण छोटकरीमा वर्णन गर्नुहोस् ।
7.) ‘नेपालको बाग्मती प्रदेशमा सबैभन्दा बढी जनसङ्ख्या र कर्णाली प्रदेशमा सबैभन्दा कम जनसङ्ख्या हुनुको कारण पत्ता लगाउनुहोस्।
8.)विकास भनेको के हो ? प्रष्ट पार्नुहोस् ।
9.)जनसङ्ख्याको स्थिति भन्नाले के बुझिन्छ ?
10.)जनसङ्ख्याको आकार र वृद्धि भन्नाले के बुझिन्छ ?