Search answer for your unanswered questions.

Class : 11
Unit : लौ आयो ताजा खबर


समीक्षात्मक उत्तर लेख्नुहोस्: (क) ‘लौ आयो ताजा खबर‘ लघुनाटकको मुख्य पात्रको चरित्र चित्रण गर्नुहोस् ।


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : लौ आयो ताजा खबर’ लघुनाटकको मुख्य पात्र दारी बाबा हुन् । नाटकको सुरुदेखि अन्त्यसम्म देखा परेका दारीबाबा लेखकका मुखपात्र हुन् । हामीले हाम्रा छोराछोरीको इच्छा, चाहानालाई ख्याल नगरी, उनीहरूलाई समय नदिई एकोहोरो आफ्नो काममा मात्र व्यस्त भयौँ भने उनीहरू दुर्व्यसनमा पर्न सक्छन् भन्ने लेखकको आशयलाई दारीबाबाले नाटकमा प्रस्तुत गरेका छन्। दुर्व्यसन समाज वा राष्ट्रको ठूलो रोग हो यसलाई हामी सबै मिलेर जरैदेखि नष्ट गर्न लाग्नु पर्छ । अब देश बनाउने युवा पुस्तालाई कुलतमा फँस्न दिनु हुँदैन भन्ने लेखकको आशयलाई पनि दारीबाबाले व्यक्त गरेका छन्। उट्यौलो स्वभावका दारी बाबा सुरुमा बहुला जस्ता देखिए पनि समस्याको सही पहिचान गर्न सक्ने पुरुष पात्र हुन् । यसरी नाटकका अधिकांश संवादमा दारीबाबाको चरित्रलाई नै देखाइएकाले उनी यस नाटकका प्रमुख पात्र हुन्।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.)व्याख्या गर्नुहोस्: (क) यो स्मृति भन्ने वस्तु पनि रमाइलो छ। स्मृतिले नै शब्दलाई जोड्छ र भत्काउँछ। स्मृतिले मानिसलाई मानिस बनाउनेछ र पुनर्जीवित गर्छ।
2.)मनको शान्ति खोज्न टाढा जानुपर्दैन, यो तपाईंभित्रै छ । योगबाट यो प्राप्त हुन्छ।
3.)स्वस्थ हुनु भनेको के हो ?
4.)देशका नागरिकको स्वास्थ्य स्थिति कुन-कुन कुरामा निर्भर हुन्छ ?
5.) चिकित्सा विज्ञान कसरी रोकथामतिर पनि केन्द्रित हुन थालेको छ?
6.) चिकित्सा विज्ञानमा कुन कुराले बढी महत्व पाइएको छ?
7.)दिइएका शीर्षकमा टिप्पणी लेख्नुहोस्: (क) विश्वसम्पदाको संरक्षण र संवर्द्धनमा लेखिएका चुनौतीहरु
8.)समाजिक सञ्जालको अतिशय प्रयोगले मानव जीवनमा परेको प्रभाव
9.) तल दिइएका अर्थ दिने शब्दहरु पाठबाट खोजेर लेख्नुहोस्:
10.)दिएका शब्दहरूको अर्थ खुल्ने गरि वाक्यमा प्रयोग गर्नुहोस्: