Search answer for your unanswered questions.

Class : 11
Unit : सफलताको काथा


मनको शान्ति खोज्न टाढा जानुपर्दैन, यो तपाईंभित्रै छ । योगबाट यो प्राप्त हुन्छ।


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : प्रस्तुत गद्यांश कक्षा ११ को अनिवार्य नेपाली पाठ्यपुस्तक अन्तर्गत पर्ने ‘सफलताको कथा’ नामक रिपोर्ताजबाट सभार गरिएको हो। यस रिपोर्ताजका लेखककी यसै पुस्तकका लेखक तथा सम्पादक हुन्। योग र ध्यानले मानिसलाई शारीरिक र मानशिक शान्ति दिन्छ भन्ने भावलाई यस रिपोर्ताजमा गरिएको छ। मानसिक चिन्ताले मानिसलाई चितामा पनि पुर्याउन सक्छ। मानसिक चिन्ताले मानिसलाई विक्षिप्त बनाउँछ । परिस्थितिसँग सहमत भइएन भने मानसिक चिन्ता सुरु हुन्छ। आफ्नो मन हो मिलिहाल्छ भनियो भने पनि यसले असर गर्छ। मानिसले आफू अगाडि जस्तो परिस्थिति आउनेछ त्यससँग सहमत भएर अघि बढे मात्र जीवन स्वभाविक रुपमा चल्छ। एकाग्रताले मनलाई शान्त र स्थिर बनाउँछ। मनको एकाग्रता नै शान्तिको आधार हो। गहिरो शान्ति ध्यानबाट प्राप्त हुन्छ र शारीरिक शान्ति योगाभ्यासबाट प्राप्त हुन्छ। विक्षिप्त भएको मानिसलाई योगले शान्ति दिन्छ। बिक्षिप्त बनेको सुन्दरलाई योगले नै शान्ति दिलाएको छ। तसर्थ हामी मनको शान्ति खोज्न अन्यत्र जानु पर्दैन त्यो त हामीसँगै हुन्छ । इच्छाशक्ति भएमा मानिसले आफुले आफुलाई बुझाउन सक्छ र जीवनलाई अगाडि बढाउन सहयोग मिल्छ भन्ने आशयलाई माथिको गद्यांशले व्यक्त गरेको छ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.)‘मन परेको काममा कमाइ थोरै भए पनि चित्त बुझ्छ।‘ यस कथनलाई पुष्टि गर्नुहोस्।
2.)हाम्रा मौलिक बिउबिजन कसरी जोगाउन सकिन्छ?
3.)कृषिकर्मलाई सम्मानित कर्मका रूपमा स्थापित गर्न के के गर्नुपर्छ?
4.)कृषिकर्म किन मानवजातिको अस्तित्वसँग गाँसिएको छ?
5.)वनजङ्गल र कृषिको सम्बन्ध कस्तो छ?
6.)जैविक मल र औषधि कसरी बनाउन सकिन्छ?
7.)आच्छादन प्रक्रियाका फाइदाहरु बताउनुहोस्।
8.)कृषि कर्मका बारेमा तपाईंका विचारहरु प्रस्तुत गर्नुहोस्।
9.)समीक्षात्मक उत्तर दिनुहोस्: (क) दिगो कृषि पद्धतिका लागि के कस्ता कुरामा ध्यान पुर्याउनुपर्छ?
10.)“वातावरण प्रदूषणकाे मूल कारण मान्छे नै भएकाले यसको समाधान पनि मानिसले नै गर्नुपर्छ।” संवादात्मक सन्दर्भसमेत यहाँ गरी आफ्ना तर्कहरु प्रस्तुत गर्नुहोस्।