Search answer for your unanswered questions.

Class : 11
Unit : सफलताको काथा


व्याख्या गर्नुहोस्: (क) यो स्मृति भन्ने वस्तु पनि रमाइलो छ। स्मृतिले नै शब्दलाई जोड्छ र भत्काउँछ। स्मृतिले मानिसलाई मानिस बनाउनेछ र पुनर्जीवित गर्छ।


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : प्रस्तुुत गद्यांश कक्षा ११ को अनिवार्य नेपाली पठ्यपुस्तक अन्तर्गत पर्ने ‘सफलताको कथा’ नाम रिपोर्ताजबाट साभार गरिएको हो। यस रिपोर्ताजको लेखक यसै पुस्तकका लेखक तथा सम्पादक हुन्। योग र ध्यानले मानिसलाई शारीरिक तथा मानसिक शान्ति प्रदान गर्छ भन्ने भावलाई यस रिपोर्ताजले प्रस्तुत गरेको छ। विगतको स्मृति वर्तमानको सुखद पक्ष हो। यसको सम्झनाले मानिसलाई काम गर्ने ऊर्जा दिन्छ। यसले वर्तमानलाई रमाइलो र रङ्गिन बनाइदिन्छ। विगतले मानिसको वर्तमानलाई धेरै कुरा सिकाएको हुन्छ। यसले शब्दहरूलाई जोड्ने र भत्काउने काम गर्छ। विगतका सम्झनाले अमितलाई आफ्नो गन्तव्यमा पुग्न सहयाेग सहयोग गरेको छ। स्मृतिले लेखकलाई ठूला ठूला विषय प्रदान गरेका हुन्छन्। यसले शब्दलाई जोड्ने भत्काउने वा कुनै स्मृति राम्रो लेख बन्ने वा कुनै स्मृति त्यतिकै खेर जाने खालका पनि हुन्छन्। अगाडिका स्मृतिले समस्यामा परेका बेला धैर्य गर्ने शक्ति प्रदान गर्छन्। त्यसैले स्मृतिले मानिसलाई मानिस बनाउँछ र नयाँ जीवन पनि दिन्छ। मानवको जीवनमा स्मृतिको मत्वपूर्ण स्थान छ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.