Search answer for your unanswered questions.

Class : 11
Unit : कृषिशालामा एक दिन


“वातावरण प्रदूषणकाे मूल कारण मान्छे नै भएकाले यसको समाधान पनि मानिसले नै गर्नुपर्छ।” संवादात्मक सन्दर्भसमेत यहाँ गरी आफ्ना तर्कहरु प्रस्तुत गर्नुहोस्।


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : वातावरण प्रदूषणको मूल कारण बढ्दो जनसङ्ख्या, सहरीकरण, प्राकृतिक साधन र स्रोतको मनपरी उपयोग, यातायातका अव्यवस्थित साधन, कृषिमा अत्यधिक विषादी तथा रासायनिक मलको प्रयोग नै हो । बढी उत्पादन गर्ने चाहनामा वा पैसाको लोभमा मानिसले नै वातावरणलाई प्रदूषण गरिरहेको छ । मानिसले अनियन्त्रित बसोबास गर्न थालेपछि फोहोरमैला जम्मा हुन थाल्छ र वातावरण प्रदूषण हुन्छ । खेती किसान गर्ने कृषकहरूले पनि जमिनलाई बन्जर बनाउने गरी रासायनिक मल तथा विषादीको प्रयोग गरिरहेका छन्। त्यसरी उत्पादित वस्तुले एकातिर मानव स्वास्थ्यमा प्रतिकूल असर पारिरहेको हुन्छ भने अर्कोतिर पानीका स्राेत, हावापानी समेत विषाक्त बनिरहेका छन् । यसले जलचर र स्थलचर जीवहरूको अस्तित्वलाई पनि सङ्कटमा पारिरहेका छन् । अत्यधिक विषादीको प्रयोग र रासायनिक मलको प्रयोगले मानिसलाई अनेक प्रकारका रोगहरू लागिरहेका छन् । यी र यस्ता कार्यहरू गर्ने मानिस नै हुन् । अब हरेक स्थानीय तह वा राज्यले कृषि क्षेत्रमा अत्यधिक रसायनिक मलको प्रयोगले पार्ने असरका बारेमा, जनचेतना फैलाउने कार्य गर्नुपर्छ। अब मानिसले नै वातावरणलाई स्वच्छ पार्न जहाँजहीँ फोहोर फ्याँक्ने बानी गर्नु हुँदैन। घर सडकको छेउछाउमा बोटविरुवा रोपेर हरियो बनाउनुपर्छ। त्यसैले वातावरण स्वच्छता हो, वातावरण सैन्दर्य हो, वातावरण नै विश्वको रहरलाग्दो जिवन हो र वातावरण नै मानिसको प्राण भएकाले वातावरण प्रदूषणको सामाधान मानिस स्वयम्ले गर्नुपर्छ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.)मिथिला लोककलामा महिलाको कस्तो भूमिका छ?
2.)अल्पना किन निर्माण गरिन्छ?
3.)मिथिला लोककलालाई के कसरी वर्गीकरण गरिएको छ?
4.)माङ्गलिक र द्योतक शब्दको अर्थ लेख्नुहोस्।
5.)दिइएका शब्द र अर्थबीच जोडा मिलाउनुहोस् :
6.)मिना अयरको वक्तृता पढी दिइएको खाली ठाउँमा मिल्ने शब्द भर्नुहोस्:
7.) दिइएका शब्दहरूको उल्टो अर्थ दिने शब्द पाठबाट खोजेर लेख्नुहोस् : कृत्रिम, विपन्न, प्राचीन, साँघुरो, आन्तरिक, सङ्कुचन, कुरूप, सदुपयोग, व्यय, अटुट, विष
8.)दिइएका शब्दहरूको अर्थ खुल्ने गरी वाक्यमा प्रयोग गर्नुहोस् : मञ्चासीन, द्रुततर, सामर्थ्य, खपत, पैनी, उर्वरा, अभियान, सङ्कट, गगनचुम्बी, अन्नामृत, निर्यात
9.)तल दिइएका पदावलीहरू प्रयोग गरी अनुच्छेद लेख्नुहोस्: सेतो सुन, कृषिजन्य उत्पादन, पर्यटकीय गन्तव्य, देशोन्नतिका सिँढीहरू, प्रकृतिको छटा, फेवाको फैलावट, सम्पन्नताका ढोकाहरू, राराको रमिता, गण्डकीको गहिराइ, चमत्कारी पानी
10.)पहिलो वक्ता र दोस्रो वक्ताले कति कति अनुच्छेदमा आफ्नो प्रस्तुति राखेका छन् ?