Search answer for your unanswered questions.

Class : 11
Unit : सफलताको काथा


सुन्दर छन्त्यालको सफलताको कथा संक्षिप्त रुपमा लेख्नुहोस्।


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : बुबा सरकारी अधिकृत र आमा माध्यमिक तहको शिक्षकको एक मात्र सन्तानको रूपमा जन्मिएको सुन्दरको बाल्यकाल- सुखमा बित्यो । म्याग्दीको गाउँमा जन्मिए पनि सुन्दरले काठमाडौंको नाम चलेको विद्यालयबाट एस.एल.सी. पास गरी विज्ञान विषय लिई उच्च माध्यमिक तह उत्तीर्ण गरेका र सिभिल इन्जिनियरिङमा स्नातक गरेका थिए । स्नातकोत्तर तह अध्ययन गर्ने बेलामा हृदयघातका कारण उनका बुबाको मृत्युले उनलाई ठूलो चोट पुर्यायो । आमा विधालय गएका बेला एक्लै घरमा बस्ने र केहीसँग बोल्न पनि नरुचाउने सुन्दर डिप्रेसनका सिकार भए । त्यतिखेरै आमा पनि बिरामी हुनुभयो । आमालाई जचाउँदा क्यान्सर । लागेको रहेछ । डाक्टरको सल्लाह अनुसार दिल्लीमा गई उपचार गराउँदा आमा ठिक हुनुभयो। ऋणमा डुबेको यो सानो परिवारले आफ्नो पहाडको केही जमिन बेचेर ऋण तिर्यो । त्यसपछि आमाछोरा एक दिन डा. युरेन्द्र झाको चिकित्साकेन्द्र नयाँ बानेश्वर गए । त्यहाँ वहाँले योग र ध्यानका सबै विधि सिकाउनु भयो र आयुर्वेदिक औषधी पनि दिनुभयो । नभन्दै नियमित योग गर्न थालेपछि सुन्दरको मन शान्त हुन थाल्यो । उनले योगका आठप्रकारलाई बुझे । यसले उनकाे मनका विकार हट्दै गयो र जीवनमा बाँच्ने इच्छाशक्ति जागृत भयो । त्यसपछि सुन्दर ध्यानकाे प्रशिक्षक बने । निरन्तरको मिहिनेत र अध्ययनका कारण सन्दरले प्राविधिक तर्फ अधिकृतमा नाम निकाले।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.