Search answer for your unanswered questions.

Class : 11
Unit : लौ आयो ताजा खबर


‘लौ आयो ताजा खबर‘ लघुनाटकको शीर्षक कसरी सार्थक रहेको छ ?


Looks like you have not signed up yet. Please sign up now to view the answers without interruption.
Redirecting in 60 seconds...

Ans : बिग्रिएका, दुःख लाग्ने, समाज प्रगतिको बाधक बनेका समाचारहरुले अबका पत्रपत्रिकाका पृष्ठहरू भरिनु हुँदैन अबको पत्रिकाका समाचारले युवालाई ऊर्जा दिनुपर्छ भन्ने सन्देश बोकेको यस लघुनाटकको शीर्षक सार्थक रहेको छ। दुर्व्यसनका कारण युवाहरू कसरी मृत्युको मुखमा पुगेका छन् भन्ने कथावस्तुलाई एउटा पत्रिकामा छापिएको खबरसँग जोडिएको छ। कुलतका कारण मरेको एउटा युवाको सामाचार पत्रिकामा छापिएका आधारमा धेरै मानिस आफ्नो छोरो हो भन्दै रुँदै आएका छन् तर त्यो युवा अरुकै छोरो हो भन्ने पुष्टि भएपछि उनीहरु खुसी भएका छन्। आफूले छोराछोरीलाई समय नदिएको र उसको मनोभावना नबुझेको कारण कुलतमा फँसी बेवारिसे भएर मरेको खबर पत्रिकामा छापिएको छ। अब आइन्दा यसप्रकारको गल्ती हामी अभिभावकले गर्नु हुँदैन, हाम्रा युवा शक्ति दुर्व्यसनबाट मुक्त भएको खबर पत्रिकामा आएपछिको समाचार मात्र ताजा हुनेछ भन्ने नाटकको सारवस्तुका कारण यस लघुनाटकको शीर्षक सार्थक छ। अन्त्यमा नाटकको सुरुवात एउटा पत्रिकामा आएको खबरबाट भएको छ भने अन्त्य चाहिँ अब पत्रिकामा सकारात्मक ‌ सामाचार छाप्नु पर्छ भन्ने सन्देशका कारण यस लघुनाटक ‘लौ आयो ताजा खबर‘ शीर्षक सार्थक छ ।
    Did you find this answer useful?
   Then Register Now to view other answers easily.


Random topics

1.) चिकित्सा विज्ञान कसरी रोकथामतिर पनि केन्द्रित हुन थालेको छ?
2.) चिकित्सा विज्ञानमा कुन कुराले बढी महत्व पाइएको छ?
3.)दिइएका शीर्षकमा टिप्पणी लेख्नुहोस्: (क) विश्वसम्पदाको संरक्षण र संवर्द्धनमा लेखिएका चुनौतीहरु
4.)समाजिक सञ्जालको अतिशय प्रयोगले मानव जीवनमा परेको प्रभाव
5.) तल दिइएका अर्थ दिने शब्दहरु पाठबाट खोजेर लेख्नुहोस्:
6.)दिएका शब्दहरूको अर्थ खुल्ने गरि वाक्यमा प्रयोग गर्नुहोस्:
7.)दिइएको पदावलीहरूको प्रयोग गरी एउटा अनुच्छेद तयार पार्नुहोस्:
8.)संवादमा कतिजना पात्रहरू सहभागी छन्?
9.)सबैभन्दा धेरै पटक प्रश्न गर्ने विद्यार्थी कुन हो?
10.)यो संवाद कुन स्थानमा गरिएको हो?